Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत मात्र हुने

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत मात्र हुने

काठमाडौं, १ वैशाख । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो ।

रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x