Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

महालक्ष्मी बैंक द्वारा डस्टविन हस्तान्तरण

महालक्ष्मी  बैंक द्वारा डस्टविन हस्तान्तरण


काठमाडौं, २ बैशाख । महालक्ष्मी विकास बैंक लिमिटेडको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत लक्ष्मी आदर्श युवा क्लव, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टविन सहयोग गरेको छ । यस बैंकको शिशुवा शाखाले क्लवलाई १० थान डस्टवीन हस्तान्तरण गरेको हो ।


शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डस्टवीन हस्तान्तरण गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक बिमल बास्तोलाले जानकारी गराउनुभयो । एक विशेष कार्यक्रमका बिच बैंकका शिशुवा शाखाका प्रबन्धक बास्तोलाले युवा क्लवका अध्यक्ष निर्भान देवानलाई डस्टविन हस्तान्तरण गरेका हुन् । सोहि कार्यक्रममा बोल्दैे युवा क्लवका अध्यक्ष निर्भान देवानले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताउनुभएको थियो ।


स्थानिय नगर वरपर फोहरमैला व्यावस्थापनमा सहजता होस् र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउन मद्दत पुगोस् भन्ने हेतुले डस्टविन वितरण गरिएको कुरा बैंकले जनाएको छ । बैंकले १०३ शाखाहरुबाट कोर बैकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभाकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x