सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, १९ बैशाख । बुद्यबार सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । कारोबार सुरु भएदेखि नै क्रमश घटेको बजार अन्तिम समयमा भने ११.३७ अंकले बढेर बन्द भयो ।

सो दिन फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेपनि अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । फाइनान्स समूहको परिसूचक २.९ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २०.११ अंकले घटेको छ । तर त्यस दिन बीमा समूहको परिसूचक भने सबैभन्दा बढी १०७.०१ अंकले बढेको छ । त्यस्तै माइक्रोफाइनान्स समूह ४६.३६, हाइड्रोपावर २६.८३ र होटल समूहको परिसूचक पनि २३.४५ अंकले बढेको छ।

सो कारोबार अवधीभर एक सय ५८ कम्पनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा स्वदेशी लघुवित्त वित्तिय संस्थानको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *