Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

ठूलोभन्दा पनि कार्यान्वयन गर्न सकिने बजेट ल्याउन जाेड

ठूलोभन्दा पनि कार्यान्वयन गर्न सकिने बजेट ल्याउन जाेड

काठमाडौं, ५ वैशाख । सरकारले आगामी आर्थिक वर्ष २०७९- ०८० को बजेट निर्माणलाई तिव्र बनाएको छ । अर्थ मन्त्रालयले बजेट क्यालेन्डर बनाएर जेठ १५ गतेसम्म गर्ने कामहरुको समयतालिका निर्धारण गरेको छ ।

संविधानत हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक हुन्छ । विनियोजित विधेयकका सिद्धान्तहरु वैशाख २० गते संसदको दुबै सदनमा पेश गरिने कार्यतालिका छ । वैशाख १५ गतेसम्म पूर्वअर्थमन्त्री, अर्थशास्त्री र निजी क्षेत्रसँग छलफल गरिनेछ। १३३८ मा फोन गरेर पनि बजेटमा सुझाव दिन सकिने व्यवस्था पनि मन्त्रालयले गरेको छ। आगामी वर्षका लागि १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमामा रहेर बजेट ल्याउने तयारी भइरहेको छ । यो चालू आर्थिक वर्षको भन्दा करिब १३ प्रतिशत बढी हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटको आकार ठूलोभन्दा पनि कार्यान्वयन गर्न सकिने खालको हुनुपर्ने बताएको छ। कोरोनाले थलिएका उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा, पर्यटन, निर्माण लगायतका अर्थतन्त्रका क्षेत्रहरु पुरानै लयमा फर्कन सकेका छैनन् । यी असरहरुलाई कम गर्न तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि स्वरोजगारी वृद्धि गर्न बजेटले विशेष व्यवस्था गर्नुपर्ने अर्थशास्त्री डा. गोविन्द नेपालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x