Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

`गाडी आयातको कडाइ केही समयका लागि मात्रै हो´- अर्थमन्त्री शर्मा

`गाडी आयातको कडाइ केही समयका लागि मात्रै हो´- अर्थमन्त्री शर्मा

काठमाडौं, ५ वैशाख । सवारीसाधन व्यवसायीहरुको संगठन नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडी आयात खुलाउन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमाको टोलीले हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान हुने भन्दै गाडीको प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको अबरोध खुलाउन आग्रह गरेको हो ।

शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नआत्तिन अनुरोध गरे। ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने हो, त्यसकारण निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला,’ उनले भने ।

गाडी आयातको कडाइ केही समयका लागि मात्रै भएको भन्दै उनले धैर्य गर्न आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x