Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिटिजन्स बैंकमा अब नागरिक एपमार्फत अनलाइनखाताखोल्न सकिने

सिटिजन्स बैंकमा अब नागरिक एपमार्फत अनलाइनखाताखोल्न सकिने


काठमाडौं, ६ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्थापनाको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । यहि वैशाख ७ गते बैंकले आफ्नो १५ औं वार्षिकोत्सव मनाउँदै छ ।


सो एपमार्फत खाता खोल्नका लागी ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ । त्यसपछि स्क्रीनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ । सो प्रकिृया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरु आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्ने बताइएको छ ।


ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्न साथ यस अघि नै बैंकले ई. के. वाई. सी. तथा कियोस्क सेवाको सुरुवात गरिसकेको छ । कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x