Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नबिल बैंकद्वारा जलवायु परिवर्तनले प्रवासी कामदारको स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरण गर्न कार्यशाला

नबिल बैंकद्वारा जलवायु परिवर्तनले प्रवासी कामदारको स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरण गर्न कार्यशाला


काठमाडौं, ६ वैशाख । नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । अप्रील १५, २०२२ मा भिभान्ता होटल ललितपूरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


ला इस्ला नेटवर्क एउटा अनुसन्धान र परामर्ष संस्था हो जसले विश्वभर रहेका कामदार तथा तिनिहरुको समाजमा हुनसक्ने तापक्रम सम्बन्धी रोगहरु जस्तै परम्परागत वाहेकका पुराना मृगौला रोगहरुको रोकथाम गरी समाजबाट मृगौला रोग निर्मुल पार्न काम गरीरहेको छ । जलवायु परिवर्तनको समयमा यो संस्थाले कामदारको स्वास्थ्यलाई संबोधन गर्न प्रमाणमा आधारित समाधानहरूको बिकास तथा कार्यन्वयन गर्दै आइरहेको छ ।
बंैकले दिगो बिकासका पहलहरूलाई समर्थन तथा कार्यन्वयन गर्दै आइरहेको छ र यो कार्यशाला पनि समाजमा दिगो बिकाशको लागी महत्वपूर्ण रहने विश्वास गरिएको बताइएको छ । उक्त कार्यक्रमलाई नेपाली मुद्रा बिप्रेषक संघको सहयोगमा संचालन गरिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बैदेशिक रोजगार विभाग, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालय, प्रवासी नेपाली समन्वयन समिती तथा विदेशी कुटनितिक संघ संस्थाहरु लगायतका श्रम मामिलामा आवद्ध विभिन्न संघ संस्थाहरुका उच्च पदस्त अधिकारीहरूको सहभागिता रहेको थियो ।


कार्यशालाको बारेमा बोल्दै नबिल बैंकका अध्यक्ष, उपेन्द« प्रसाद पौडेलले ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसनले गर्नुभएको अनुसन्धान तथा बिभिन्न कामहरू नेपाली प्रवासी कामदारको लागि निकै महत्वपूर्ण रहेको र यो अनुसन्धानको निष्कर्ष र समाधानहरूले जलवायु परीवर्तनका कारण नेपाली प्रवासी कामदारहरुको स्वास्थ्यमा पर्न जाने असरलाई समयमै पहिचान गरी सो को आवश्यक समाधान गर्न मद्धत पुग्ने बताएका थिए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले जलवायु परीवर्तनको प्रभाव सबै जिवीत जीवहरूमा उच्च मात्रामा देखिन थालेता पनि यसलाई कम गर्ने तर्फ सामान्य ध्यान केन्द्रित गर्न सके पनि केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउदै यसका लागि प्रवासी कामदारहरूमा चेतना फैलाउनु निकै महत्वपूण रहेको र यस सम्बन्धमा उचित सहयोग गर्न नबिल बैंक सधै तत्पर रहेको बताएका थिए ।
कार्यशालाको समापनमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव थानेश्वर भुसालले कामदारहरूको स्वास्थ्य सुधार गर्न कुनै अनुसन्धान गर्न चाहनुहुने संस्था तथा व्यक्तिलाई सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गुर्नभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x