सुनको मूल्य ४ सयले घट्यो
काठमाडौं, ६ वैशाख । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार कारोबार भएको मूल्यको तुलनामा यस दिन मंगलबार छापावाला सुनमा प्रतितोला ४ सय घटेको र चाँदीको मूल्य स्थिर रहेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख २ हजार १ सय र चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।