Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राजस्व परामर्श समितिले नीति तथा कर सुधार सम्बन्धमा सुझाव संकलन गर्दै

राजस्व परामर्श समितिले नीति तथा कर सुधार सम्बन्धमा सुझाव संकलन गर्दै


काठमाडौं, ६ वैशाख । राजस्व परामर्श समितिले नीति तथा कर सुधार सम्बन्धमा सोमबार सुझाव संकलन गरेको छ । आगामी आर्थिक वर्षको बजेट नजिकिए सँगै नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा राजस्व परामर्श समितिले पनि सुझाव संकलन गरेको हो ।


नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा समिति अध्यक्ष महेश दाहालले आगामी वैशाख २८ गतेसम्म अर्थमन्त्रीलाई सुझाव प्रतिवेदन दिने तयारी गरिरहेको बताए । उनले करको दर भन्दा पनि दायरा विस्तारलाई प्राथमिकतामा राखेर सुझाव दिइने बताएका थिए । करको दायरा विस्तार, करका सीमा परिमार्जनलगायतका विषयमा आएका सुझाव समेटेर प्रतिवेदन दिइने उनले बताए ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राजस्व विज्ञ डा. रूप खड्काले मूल्य अभिवृद्धि कर छुट सुविधाका कारण राजस्वको क्षेत्र साँघुरिएको बताएका थिए । स्वयम् कर पालना नहुँदा राजस्व चुहावट भएको, गैर–कर राजस्व प्रशासन कमजोर रहेको, स्थानीयरप्रदेशले आन्तरिक राजस्वलाई भन्दा केन्द्र सरकारको सहयोगबाट सञ्चालित भएको उनले बताए ।


निश्चित थ्रेसहोल्ड राखेर सबै सेवा तथा वस्तुलाई भ्याटको दायरामा ल्याउनुपर्ने उनले बताए । त्यसले वस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउने उनको भनाइ छ । उनले राजस्व छुट पुनरवलोकन गर्नुपर्ने पनि सुझाव दिए । वार्षिक करिब १ खर्ब ३० अर्ब भन्दा बढी भ्याट छुट दिइने गरेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x