Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तीन महिनामा ७२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने

तीन महिनामा ७२ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने

काठमाडौं, ६ वैशाख । चालू आर्थिक वर्ष २०७८/७९ सकिन तीन महिना बाँकी रहँदा पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । नौ महिनामा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो ।
तर सरकारले मध्यावधि समीक्षामार्फत पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ मात्रै खर्च गर्ने लक्ष्य तोकेको थियो । यस हिसाबले पनि सरकारले बाँकी तीन महिनामा दुई खर्ब ३७ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x