Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनसेलको डे कम्बो प्याक

एनसेलको डे कम्बो प्याक


काठमाडौं, ७ वैशाख । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ ।


यो योजना वैशाख ०५ बाट संचालनमा आएको र योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने बताइएको छ ।


डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम ९अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने० प्राप्त गर्ने र ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१ह्यास वा एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२ह्यास डायल गरि यो प्याक सुचारु गर्न सकिने बताइएको हो ।


बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र रु २५ मा सुचारु गर्न सक्ने साथै प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१एस्ट्रिक्स६ह्यास डायल गरि प्याक सुचारु गर्न सक्ने बताइएको छ । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्ने छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x