नेप्से ३६.७३ अंकले ओरालो लाग्यो
काठमाडौं, ७ वैशाख । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर बजार ओरालोे लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ अंकमा पुगेको छ ।
बुधबार २२८ कम्पनीको ३५ लाख ७० हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।
ठुला कम्पनिको उपसूचक ६.६९ अंकले घटेर ४४१.०८ अंकमा पुगेको छ । यो मंगलबारको तुलनामा १.४९ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये सबै समूहको कारोबार घटेको छ । भने यस दिन जिवन बीमा समूहको सबै भन्दा धेरै २४६.४७ अंकले घटेर १२५३८.४२ अंकमा पुगेको छ ।