सूचना प्रविधि देश विकासको प्रमुख औजार : मन्त्री कार्की
काठमाडौं, ७ वैशाख । आइएमइ पे क्यान इन्फोटेक प्रदर्शनी २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज देखि सुरु भएको छ । प्रदर्शनी वैशाख ७ गते देखि १२ गते सम्म ६ दिन आयोजना हुने भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सूचना प्रविधिलाई देश विकासको प्रमुख औजारको रुपमा प्रयोग गर्ने र सूचना प्रविधिकोे गुणस्तरिय पहुच पु¥याउन अझै नियमित आवश्यक रहेको बताएका छन ।
सो कार्यक्रममा बोल्दै मन्त्रीले निजी क्षेत्रबाट अर्बौको लगानीमा सूचना तथा सञ्चार प्रविधि सम्बन्धि कम्पनीहरु स्थापना भएको र त्यस बाट हजारौं संख्यामा रोजगारी स्थापना भएको बताएका छन । साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विदेशी मुद्रा आर्जन भएको मन्त्री कार्कीले बताएका छन ।
यस्तै सूचना प्रविधिको स्तर बढाउने उद्देश्यले सरकारले डिजीटल नेपालको अवधारणा ल्याएको बताउदै सूचना प्रविधिका निजीक्षेत्रलाई सहयोग गर्न सरकार सधै सकारात्मक रहेको बताएका छन ।
क्यानको प्रदर्शनीमा विभिन्न टेक्नोलोजी, नेट इन्टरनेट, कलेज, बैंक, बीमा लेखा सम्बन्धि सफ्टोयर, र सूचना प्रविधिका विभिन्न निजी व्यवसायीहरुले प्रदर्शन गरेका छन ।