Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

तोकिएको ठाउँमा विमान पार्किङ नगर्नेलाई दोब्बर दस्तुर

तोकिएको ठाउँमा विमान पार्किङ नगर्नेलाई  दोब्बर दस्तुर

काठमाडौं, ९ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सेवा शुल्क नियमावली २०६७ लाई संशोधन गर्न बनाएको ‘विमानस्थल सेवा शुल्क नियमाली २०७८’लाई स्वीकृत गर्दै तोकिएको ठाउँमा (वेस) जहाज पार्किङ नगरी अन्यन्त्र पार्किङ गर्नसँग दोबर दस्तुर लिने भएको छ ।

नयाँ विमानस्थल सेवा शुल्क नियमावलीमा विमानस्थल प्रमुखले तोकेको ठाउँमा विमान रात्रिकालिन विसान (पार्किङ) नगरी अन्यन्त्र गर्नेसँग दोबर दस्तुले लिने व्यवस्था गरेको हो ।

यसको अर्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिर वेस पार्किङ लिएका जहाज काठमाडौंमै पार्किङ गर्ने जहाजको हकमा दोबर दस्तुर लिने व्यवस्था गरेको हो ।

अहिले आन्तरिक उडान गरिरहेका कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको रात्रिकालिन पार्किङ अनुमति लिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रिकालिन जहाज पार्किङ गर्दै आएका थिए ।

कुन विमानस्थलमा जहाज पार्किङ गर्दा कति लाग्छ शुल्क

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x