Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कृषि कर्जा योजना ल्यायो एनएमबि बैंकले

कृषि कर्जा योजना ल्यायो एनएमबि बैंकले

काठमाडौं, ९ वैशाख । एनएमबि बैंकले प्रदेश स्तरीय ’कृषिकर्जा योजना’ सुरुवातको घोषणा गरेको छ । यो योजना बैंशाख २ देखि असार ३२, २०७९ सम्मलागू हुनेछ ।

बैंकले प्रदेश १ को लागी पाथिभारा ब्यवसायिक कृषिकर्जा, मधेष प्रदेसको लागीमधेष ब्यवसायिक कृषिकर्जा, वागमतीप्रदेशको लागी स्मार्ट कृषिकर्जा, गण्डकी प्रदेशको लागी गण्डकी ब्यवसायिक कृषिकर्जा, लुम्बिनीप्रदेसको लागी बुद्धभूमि ब्यवसायिक कृषिकर्जा, कर्णालीप्रदेशको लागी कर्णालीब्यवसायिक कृषिकर्जा र सुदूर पश्चिमप्रदेशको लागी सुदूर पश्चिमब्यवसायिक कृषिकर्जा योजनाल्याएको छ ।

यस कर्जा योजनाअन्र्तगत बैंकले स्थानीय कृषिउत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सहजप्रक्रिया, सहुलियतब्याज दर, प्रशाशनिकशुल्कमा सहुलियत, डेविट कार्डमा सहुलियत, विमातथाक्रेडिट कार्ड सुविधा जस्ता आकर्षण थपेको छ ।

ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यको रूपमा, एनएमबि बैंकले कृषिफाईनान्सिङ्गलाई प्राथमिकतादिदै आईरहेको छ र यो दिगो व्यवसायकालागि बैंकको रणनीतिक स्तम्भहरू मध्ये एक हो । दिर्घकालीन रणनीतिक उद्देश्य अनुरूप कृषिलाई केन्द्रमा राखी बैंकले समय समयमा यस्ता योजनाहरु प्रस्तुतगदै आइरहेको जानकारी गराएको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्तगरिसकेको छ ।


एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x