Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

इन्डियन आइडल विजेता पवनदीपको नेपाल क्रेज

इन्डियन आइडल विजेता पवनदीपको नेपाल क्रेज

काठमाडौं, ९ वैशाख । भारतीयचर्चित गायक इन्डियन आइडल २०२१ विजेतापवनदीप राजनयही वैशाख ११ गते लर्ड अफड्रिंक्स (एलओडी) माआफ्नो विशेष सांगितिक प्रस्तुती दिँदै छन् ।

यहीक्रममा इन्डियन आइडल विजेतापवनदीप राजनको सांगितिक प्रस्तुती हेर्न युवादेखि वृद्धसम्म आकर्षित छन् । पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्धले समेत टिकट खरिद गरेका छन् । ३६५ इभेन्टस् एण्ड मिडियाका प्रमुखकार्यकारी अधिकृत नारायण आचार्य ( ह्यापी) काअनुसार पवनदीपको सांगितिक प्रस्तुती हेर्न ९३ वर्षिय वृद्ध बाले घरमै बोलाई टिकट खरिद गरेको जनाएका छन् ।

रोटरी क्लबअफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीप राजनको सांस्कृतिककार्यक्रममादुई थरीका टिकट राखिएको छ । आयोजककाअनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिककार्यकालागि सहयोग गर्नेछ । टिकट विभिन्न माध्यमबाट उपलब्धहुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागिभुक्तानीप्रदायकआइएमई पेवालेट मार्फत अग्रिम टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ काविजेताहुन् । उक्त सांगितिककार्यक्रमलाईविभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड÷कम्पनीले प्रायोजन गरेका छन् ।कोरोनाको कारणले स्थगितपवनदीपको सांगितिककार्यक्रम यसपटक भने भव्य रुपमा सफलहुने विश्वास गरिएको छ । चर्चित गायकपवनदीपले विभिन्नधार्मिक स्थलहरुको समेत अवलोकनगर्ने आयोजकले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x