Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

हिमाल आरोहणका लागि १०४ वटा टीमका ८४४ जनाले लिए अनुमति

हिमाल आरोहणका लागि १०४ वटा टीमका ८४४ जनाले लिए अनुमति

काठमाडौं, ११ वैशाख । यस वर्षको स्प्रिङ सिजनमा हिमाल आरोहणका लागि ८४४ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार १०४ वटा टीमका ६५८ जना पुरुष र १८६ जना महिला गरी कुल ८४४ जनाले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । जसमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि ३०२ जना र लोत्से आरोहणका लागि १०३ जनाले अनुमति लिएका विभागको तथ्यांकमा उल्लेख छ ।

हिमाल आरोहणको अनुमति दिएवापत विभागले ४४ करोड ६४ लाख १८ हजार ६६ रुपैयाँ संकलन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *