Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

अमेरिकी ब्रान्ड टोमी हिलफिगर अब नेपालमा

अमेरिकी ब्रान्ड टोमी हिलफिगर अब नेपालमा


काठमाडौं, ११ वैशाख । अमेरिकी ब्रान्ड टोमी हिलफिगर नेपाल भित्रिएको छ । कपडाहरुका लागि राम्रो ब्रान्ड मानिएको टोमी हिलफिगर नेपाल भित्रिएको हो ।


आरपी ग्रुपले यो ब्रान्ड नेपाल भित्र्याएको हो । नेपालका विभिन्न स्थानमा कपडाको व्यापार गर्दै आएको सो ग्रुपले शुक्रबारदेखि ललितपुरको लबिम मलमा यस ब्रान्डका कपडाहरु राखेको छ ।


ग्रुपका अनुसार अब यस ब्रान्डका आउटलेटहरु काठमाडौंका विभिन्न स्थानमा खुल्नेछन् । अहिले भने भर्खरै सुरुवात भएकोले लबिम मलमा नै राखिएको छ । आरपी ग्रुपले लुइस फिलिप, डब्लु ओरेलियो, इन्डियन टेरियनलगायतका ब्रान्ड नेपाल भित्र्याएको छ । बालबालिका, महिला र पुरुषहरुका लागि यो ब्रान्ड प्रसिद्ध मानिन्छ ।


अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x