पेप्सीको नयाँ प्रवद्र्धनात्मक अभियान
काठमाडौं, ११ वैशाख । पेयपदार्थ पेप्सीले नयाँ प्रवद्र्धनात्मक अभियान सञ्चालन गरेको छ । पेप्सीले ब्रान्ड सद्भावनादूत प्रदीप खड्का अभिनीत बहुरंगी टीभीसी सार्वजनिक गरेको हो ।
नयाँ प्रचारात्मक अभियानको शुभारम्भ गर्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ डाइरेक्टर नसीब पुरिले पेप्सी सधैँ युवा पुस्ताको रोजाइ बन्दै आएको बताएका छन । “नेपालमा अत्यन्त रुचाइएको कोला पेयहरुमध्येको एक हो । पेप्सीद्वारा सुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाको स्वाएगलाई प्रतिविम्बित गर्दछ,” उनले भने ।
प्रचार अभियानबारे ब्रान्ड एम्बेसडर खड्काले भने, “पेप्सीको स्वाएग दर्शन मसँग सधैँ नै प्रतिध्वनित हुने गरेको छ । ब्रान्डको कठोर अवस्थाले यसलाई युवासँग अत्यन्त सान्दर्भिक बनाइदिएको छ ।”