Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्दा ५ हजार सम्मको छुट

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्दा ५ हजार सम्मको छुट

काठमाडौं, ११ वैशाख । एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू. ५,००० सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

दराज, ग्यापु, सस्तोडेल, भोजमाण्डू, फुड बाइट,युजी बजार जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं ट्याक्सिमाण्डू ,यति एअरलाएन्स, सोनी लिभ र अल्ट बालाजीका अनलाईन प्लेटफर्म मार्फत डेबिट कार्ड, क्रेडिट कार्ड तथा एनआइसी एशिया मोबैंक मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको प्रोमो कोेड वा डिस्काउन्ट लिङ्क पठाउने व्यवस्था गरेको र बैंकले पठाएको सो कोड वा लिङ्क प्रयोग गरी छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ । सो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुने बताइएको छ ।

३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x