मुक्तिनाथ बैंकका ग्राहकलाई भरतपूर टाउन रेसिडेन्सीमा छुट
काठमाडौं, १२ वैशाख । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई भरतपूर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बार सँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपूरुमा रहेको सो रेसिडेन्सीमा बसाई र खानाका परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले बताएको छ ।