Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश दिने

महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, २१ बैशाख । महालक्ष्मी विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज राजधानीमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चूक्ता पूँजीको ९ प्रतिशतका दरले हुने २३ करोड ७० लाख लाख ४१ हजार सात सय ७० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

त्यस्तै सभाले अन्य कुनै उपयूक्त बैंक तथा वित्तिय संस्था एक आपसमा प्राप्ती, गाभ्ने वा गाभिने प्रयोजनका आवश्यक अख्तियारी पनि संचालक समितिलाई दिएको छ। हाल बैंकको चूक्ता पूँजी २ अर्व ६३ करोड रुपैयाँ रहेको छ भने ७१ वटा शाखा कार्यालय मार्फत आफ्नो वित्तिय सेवा दिदै आएको छ । आगामी वर्ष मुलुकका विभिन्न स्थानहरुमा शाखा विस्तार गरि ८५ पु¥याउने योजना बनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x