Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार वैशाख ३० गतेदेखी

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार वैशाख ३० गतेदेखी

काठमाडौं, २१ वैशाख । मेगा बैंक नेपाल र टुरिजम डेभलपमेन्ट बैंकले एक आपसमा गाभिएर एकिकृत कारोबार वैशाख ३० गतेबाट गर्ने भएको छ । १६ महिना अघि एकआपसमा मर्जरको लागि दुई बैंक बिच भएको सम्झौता पछि एकिकृत कारोबार हुने भएको हो । यी दुई बैंकले २०७३ माघ ९ गते मर्जरको लागि सम्झौता गरेका थिए ।

एकआपसमा मर्जर भएर एकिकृत कारोबारका लागि यी दुवै वैंकहरुलाई नेपाल राष्ट्र बैंकले वैशाख ९ गते र कम्पनी रजिष्टारको कार्यलयले वैशाख १२ गते अन्तिम स्विकृती दिएको हो । मर्जरका लागि मेगा बैंकको एक सय रुपैयाँको शेयरलाई टुरिजम डेभलपमेन्ट बैंकको शेयर ९५ रुपैयाँमा कायम गरिएको छ । मर्जरको प्रक्रिया पछि मेगा बैंकले शेयरधनीहरुलाई १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद शेयर दिएको छ । यस्तै टुरिजम डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १९.८० प्रतिशत बोनस र सत प्रतिशत हकप्रद शेयर दिएको छ । यी दुवै बैंकले विशेष साधारण सभाबाट एक आपसमा मर्जरको प्रस्तावलाई पारित गरिसकेको छ ।

मर्जर पछि बैंक मेगा वैंक नेपाल लिमिटेडको नामबाट संचालनमा आउने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x