Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

स्थानीय निर्वाचनमा एक लाख चार हजार बढी उम्मेदवार

स्थानीय निर्वाचनमा एक लाख चार हजार बढी उम्मेदवार

काठमाडौं, १३ वैशाख । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार गरिएको मनोनयन दर्तामा देशभर गरी एक लाख चार हजार एक सय २३ जनाले उम्मेदवारी दिएका छन्।

स्थानीय तहका प्रमुखदेखि सदस्य पदसम्म गरी उक्त संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी दर्ता गर्न दुई दिनको समय दिएको थियो।

छ महानगर, ११ उपमहानगर र नगरपालिका प्रमुख पदमा गरी दुई हजार सात सय ४४ जना मेयर र एक हजार छ सय ९९ जना उपमेयरका लागि उम्मेदवारी परेको छ।

गाउँपालिका अध्यक्ष पदमा दुई हजार नौ सय ४१ र उपाध्यक्षमा दुई हजार २३ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ। वडाध्यक्षमा भने २५ हजार ६४ जनाबाट उम्मेदवारी दर्ता गरेको आयोगले जनाएको छ। यो संख्या सोमबार बेलुकी ११ बजेसम्मको भएको आयोगले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x