Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ नेतृत्वको टोली मलेसिया जाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ नेतृत्वको टोली मलेसिया जाने


काठमाडौं, १३ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चारदिने भ्रमणका लागि मलेसिया जान लागेका हुन् ।


मलेसिया भ्रमणमा जानुअघि श्रममन्त्री श्रेष्ठसँग मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै मलेसियाका कार्यवाहक राजदूत फ्याजलले मन्त्री श्रेष्ठको मलेसिया भ्रमण र त्यसका एजेन्डाबारे छलफल गरेको बताइएको हो ।
मन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा। थानेश्वर भुसालसहितको टोली बुधबार दिउँसो मलेसिया जाने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै, भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेन्डा तय गरिनेछ ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x