एक हप्तामा १० अर्बले घट्यो बैंकको निक्षेप
काठमाडौं, १३ वैशाख । वाणिज्य बैंकहरुको निक्षेप एक सातामा १० अर्बले घटेको छ । नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार कर्जा एक अर्ब रुपैयाँले मात्रै घट्दा पनि निक्षेप भने १० अर्ब रुपैयाँले घटेको हो ।
वैशाख १ गते सम्म २७ वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ थियो । वैशाख ९ गते सम्म आइपुग्दा बैंकहरुको निक्षेप घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।
यस्तै कर्जा लगानी भने एक सातामा एक अर्ब रुपैयाँले मात्रै घटेको छ । वैशाख १ मा ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी वैशाख ९ सम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको बताइएको छ ।