Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रधानमन्त्रीको सन्देश : श्रमिकको संघर्षबाटै परिवर्तन सम्भव

प्रधानमन्त्रीको सन्देश : श्रमिकको संघर्षबाटै परिवर्तन सम्भव


काठमाडौं, १८ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवस९मे १, २०२२० को अवसरमा प्रधानमन्त्रीले शुभकामना दिँदै श्रमिक वर्गको संघर्षलाई उच्च मूल्यांकन गर्दै श्रमिकको संघर्षबाटै परिवर्तन सम्भव रहेको बताउनु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

देउवाले १३३औँ श्रमिक दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान पुर्याउने श्रमिकप्रति सम्मान व्यक्त गर्दै मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने बताउनु भयो ।


श्रमिकका लागि सीपमूलक तालिम, व्यवहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकताअनुसारको सीपमूलक तालिमको व्यवस्थालाई सरकारले अझ प्रभावकारी बनाउँदै लैजाने बताउँदै प्रधानमन्त्री देउवाले समुन्नत मुलुक बनाउने अभियानमा देशभरका श्रमिकहरूको योगदानको सम्मान गर्दै श्रमिक दिवसका अवसरमा आगामी दिनमा अझ सशक्तरूपमा अघि बढ्न सबैमा अनुरोध पनि गर्नु भएको छ ।
यस वर्ष नेपाल सरकारले ‘मर्यादित श्रम, सुरक्षित रोजगार : विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मे दिवस मनाउँदै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x