सुनको मूल्य २ सयले घट्यो
काठमाडौं, १८ वैशाख । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
गत शुक्रबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला २ सय र चाँदीको प्रतितोला २० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार २ सय र चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार मूल्य घटेर सुन प्रतितोला ९९ हजार र चाँदीको प्रतितोला १३ सयमा कारोबार भएको महासंघले जनाएको छ ।