Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

१७ करोड लिटर पानी १ लाख ७५ हजार धारामा वितरण हुँदै

१७ करोड लिटर पानी १ लाख ७५ हजार धारामा वितरण हुँदै


वैशाख, १८ काठमाडौं । आइतबार बाट काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानी १ लाख ७५ हजार धारामा वितरण हुने भएको छ ।


काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आइतबारदेखि नै मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो ।


गत वैशाख ११ गते काठमाडौंको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो । अब भने ९ ओटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी वितरण हुने केयूकेएलले जानकारी दिएको छ ।


गत वर्ष नै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौंमा वितरण शुरु भइसकेको थियो । तर वर्षायाममा मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँधमा ठूलो क्षति पुर्याएपछि करीब १ वर्ष पछि पुनः पानी काठमाडौं आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x