Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

एमसीसी सम्झौता राजपत्रमा छापियो, कानूनीरुपमै कार्यान्वयनमा

एमसीसी सम्झौता राजपत्रमा छापियो, कानूनीरुपमै कार्यान्वयनमा

काठमाडौं, १८ वैशाख । नेपालभित्र चौतर्फी विरोध र असन्तुष्टिका बीच मध्यमार्थी बाटो अवलम्बन गदै संसदबाट पारित भएको अमेकिरी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता राजपत्रमा छापिएको छ ।

गत फागुन १५ गते नेपालको संसदले १२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

सम्झौता राजपत्रमा छापिएसँगै अब यो कार्यान्वयनको चरणमा जानेछ । सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो ।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसिसी दुवै पक्ष प्रतिवद्ध रहेका छन् ।

सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको छ ।

नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x