Date

शनि, मंसिर ६, २०८२
Sat, November 22, 2025

बैंक तथा वित्तीय संस्थामा निक्षेपको तुलनामा कर्जाको माग तीन गुणा बढी

बैंक तथा वित्तीय संस्थामा निक्षेपको तुलनामा कर्जाको माग तीन गुणा बढी

काठमाडौं, २२ वैशाख । नेपाल बैंकर्स संघका अनुसार वैशाख ९ देखि १६ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप १ अर्बले मात्र बढ्दा कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ।

बैंकहरुले पछिल्लो हप्ता १ अर्बले निक्षेप बढाउँदै कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ संकलन गरेका छन् । कर्जा लगानी तर्फ तीन अर्बले बढाउँदै वैशाख १६ गतेसम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

यस्तो निक्षेप÷कर्जा अघिल्लो हप्ता बैंकहरुले कुल ४३ खर्ब ६७ अर्ब संकलन गर्दै ४१ खर्ब ९४ अर्ब लगानी गरेका थिए । निक्षेप भन्दा कर्जाको माग बढि हुँदा चालू आर्थिक वर्षदेखि नै बैंक तथा वित्तीय संस्थाले तरलता अभावको समस्या भोग्दै आएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *