Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कालिञ्चोक केबलकारको आम्दानी ४ करोड

कालिञ्चोक केबलकारको आम्दानी ४ करोड

काठमाडौं, २४ वैशाख । निजी लगानीमा दोलखामा सञ्चालित कालिञ्चोक केबलकारले झण्डै ४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ मा कालिञ्चोक दर्शन लिमिटेड ३ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।

अघिल्लो वर्ष सन् २०२० मा कालिञ्चोकले ३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कालिञ्चोकको सञ्चालन आम्दानी केही घटेको छ । कोरोना महामारीले पर्यटकको आगामनमा कमी आएपछि आम्दानीमा कमी आएको थियो ।

सन् २०२२ मा आम्दानीमा सुधार आएको केबलकारले जनाएको छ । यो वर्ष सुरु भएपछि यात्रुको संख्यामा वृद्धि भएपछि कम्पनीको आम्दानी २ करोड १० लाख रुपैयाँ पुगेको छ । यसबीचमा ५० हजार पर्यटकले केबलकार चढेका छन् ।

गत वर्षको भन्दा यो वर्ष केबलकारको आम्दानी बढ्ने भएको छ । कम्पनीको ऋण २२ करोड २० लाख रुपैयाँ छ । यस्तै सेयर पुँजी २९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रवद्र्धकहरुले १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । कम्पनीले १२ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । कम्पनीमा ८५ जना संस्थापक लगानीकर्ता रहेका छन् ।

कुरी उपत्यकाबाट कालिञ्चोकसम्म १ किलोमिटर लामो केबलकारमा ४ वटा गोन्डोला रहेका छन् । प्रतिघण्टा १९२ यात्रु ओसारपसार गर्ने क्षमता रहेको छ ।

केबलकारमा १२ करोड रुपैयाँ लगानी थप्ने भएको छ । आईपीओबाट जम्मा भएको रकमले केवकारमा गोण्डुला थप्नेदेखि स्टार लेभलको होटल सञ्चालन गर्ने निर्णय भएको छ । ३५ वटा कोठा रहने प्रस्तावित सोे होटल स्टार लेभलको हुनेछ ।

१२ लाख कित्ता आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले रेटिङ गरेको छ । कम्पनीले केयर एनपी डबल बी रेटिङ पाएको छ ।

पर्यटकहरुको आगमन तिव्र भएसँगै केवलकारमा थप २ वटासम्म गोण्डुला थप गर्ने कम्पनीको योजना रहेको छ । कालिञ्चोक आसपासमा सुविधासम्पन्न होटल निर्माण गर्ने निर्णयसमेत कम्पनीले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x