एनसीसी बैंक द्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, २५ वैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बंैकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्व रहेको सो कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने र ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुद्विकरण र विद्युतीय कारोबार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आफ्नो प्रस्तुति मार्फत प्रष्ट पारेका थिए ।
दोस्रो सत्रमा सोही बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बंैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैंकले दिइरहेको सेवा सुविधा सम्बन्धी जानकारी गराएउका थिए ।
सय जना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागि भएका थिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बीमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बीमा सुबिधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताएका छन । त्यसै गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिवद्व रहेको कुरामा थप प्रष्ट पार्दै उनले सहभागिहरुलाई धन्यवाद ुसमेत दिएका थिए ।