Shangrila

नेप्से १७.९५ अंकले बढ्यो


काठमाडौं, २५ वैशाख । यस साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ अंकमा पुगेको छ ।

सोमबार २३३ कम्पनीको ३३ लाख ४१ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ३.८० अंकले बढेर ४३६.३५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढी हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समुहका कम्पनीको कारोबार बढेको छ भने २ समुहका कम्पनीको कारोबार घटेकोे छ । माइक्रोफानान्स र बैंकिङ्ग क्षेत्रका समूहको कारोबार घटेको हो । यस्तै यस दिन सबै भन्दा धेरै डेभलबमेन्ट बैंकको कारोबार १०८.६२ अंकले बढेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *