Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नीति तथा कार्यक्रमको जिम्मा अर्थलाई

नीति तथा कार्यक्रमको जिम्मा अर्थलाई

काठमाडौं, २७ वैशाख । यसपटक आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बनाउने जिम्मा अर्थ मन्त्रालयलाई आइलागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालेनै नीति तथा कार्यक्रम अर्थबाटै बनाउन अर्थमन्त्री जनार्दन शर्मालाई भनेका थिए ।

त्यही भएर अहिले अर्थलाई बजेट वाहेक नीति तथा कार्यक्रम बनाउने बोझ पनि थपिएको हो । अर्थमन्त्रालय यतिबेला आफैं आगामी वर्षका लागि बजेट निर्माणमा व्यस्त छ । अर्थका अधिकारीहरुले सम्बद्ध विभिन्न पक्षहरुसँग छलफल गरी बजेट लेखनको काम सुरु गरिसकेका छन् ।

स्थानीय निर्वाचनमा पुरा ध्यान केन्द्रित गरेको सरकारका मन्त्रीहरु गठबन्धन जोगाउने दौडधुपमा छन् । प्रधानमन्त्री देउवा चुनाबसम्म आफ्नै गृहजिल्ला डडेल्धुरामा बस्दैछन् ।

सरकारले आफ्नो प्राथमिकता जनाउनका लागि हरेक आर्थिक वर्षको बजेटअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्छ । बजेटको ऐना समेत भन्ने गरिएको नीति तथा कार्यक्रम सरकारको सोच तथा आगामी योजनाको मोटामोटी फेहरिस्त हो । यसकारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पार्दै आएको हो ।

तर जनशक्तिका दृष्टिले प्राविधिकरुपमा बलियो हुनुका बाबजुद पनि प्रधानमन्त्री देउवाले आफ्नो कार्यालयको जिम्मा अर्थलाई दिएका हुन् । आफ्नो मन्त्रालयमा काबिल सचिव भएपनि देउवाले अर्थमन्त्री शर्मालाई विश्वास गर्दै नीति तथा कार्यक्रमको लेखनको जिम्मा अर्थलाई दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x