Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

सरकारले यातायात व्यवसायीको सम्पति छानविन गर्दै, २ सय ४५ यातायात समितिको बैंक खाता रोक्का

सरकारले यातायात व्यवसायीको सम्पति छानविन गर्दै, २ सय ४५ यातायात समितिको बैंक खाता रोक्का

काठमाडौं, २४ बैशाख । नेपाल राष्ट्र बैंकले २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरेको छ । सरकारले यातायात समितिहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेलगत्तै नेपाल राष्ट्र बैंकले ती समितिहरुको बैंक खाता रोक्का गरेको हो ।

राष्ट्र बैंकले सरकारी निर्देशनअनुसार अवैध रुपमा सञ्चालित यातायात समितिको बैंक खाता रोक्का गरिएको जनाएको छ ।
अब सरकारकै निर्देशन नआएसम्म ती खाता फुकुवा नहुने छैनन् ।नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्रअनुसार तोकिएका समितिहरुको खाता रोक्का गर्न निर्देशन आएको राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई पठाएको पत्रमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार सातवटै प्रदेशका समितिका खाता रोक्का भएका हुन् । जसमा प्रदेश १ मा ३५ वटा, २ मा १० वटा, ३ मा १ सय १८ वटा, ४ मा २४ वटा, ५ मा ४० वटा, कर्णालीमा १२ वटा र प्रदेश ७ मा ९ वटा यातायात समिति परेका छन् ।

सरकारले पठाएको पत्रको आशयका आधारमा यो संख्या अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ती खातामा के कति रकम छ भन्ने बारे भने खुलाइएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *