पारदर्शी व्यवसाय गर्न निजी क्षेत्रलाई राष्ट्रपतिको आह्वान
काठमाडौं, २४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसाय गर्न निजी क्षेत्रलाई आह्वान गरेकी छन् ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा गएको टोलीसँग उनले स्वच्छ एवं पारदर्शी व्यवसायका लागि सबैले आ–आफनो क्षेत्रबाट इमान्दारिता निर्वाह गर्नुपर्ने बताएकी हुन ।
सबै व्यापार–व्यवसायहरुमा पारदर्शिता र स्वच्छताको आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो । भेटमा चेम्बरका अध्यक्ष श्रेष्ठले बलियो सरकार बनेकाले समृद्धिको सपना पूरा गर्ने आधार भनेको निर्यात प्रवद्र्धन र विदेशी लगानी भित्र्याउन आर्थिक कूटनीति आवश्यक रहेको बताए ।