Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नबिल बैंकद्वारा पेमेन्ट नेपाल सँग साझेदारी

नबिल बैंकद्वारा पेमेन्ट नेपाल सँग साझेदारी

काठमाडौं, २८ वैशाख । नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस युपिआइको स्वीकृति प्रदान गर्न गेटवे पेमेन्ट सर्भिस प्रा. लि. सँग साझेदारी गरेको छ ।


युपिआइ अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो । यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र ब्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशका पसल र व्यापारी पसलहरूमा युपिआइ आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्बाध रूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउने बताइएको छ ।


नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्बाध भुक्तानीहरू गर्न सक्नेछन । त्यसैगरी, नबिल युपिआइ क्यूआर सँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत युपिआइ आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x