Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टेलिकमको नाफा घट्यो

टेलिकमको नाफा घट्यो

काठमाडौं, २८ वैशाख । नेपाल टेलिकमको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय विवरणअनुसार खुद मुनाफामा ४४ करोड ९१ लाख २५ हजार रूपैयाँले गिरावट आएको हो ।


गत आवमा यस्तो मुनाफा पाँच अर्ब ८८ करोड ४४ लाख ७२ हजार रूपैयाँ थियो । यो वर्ष घटेर पाँच अर्ब ४३ करोड ५३ लाख ४७ हजार रूपैयाँ पुगेको हो ।
नेपाल टेलिकमको कुल आय भने ८६ करोड २९ लाख ५६ हजार रूपैयाँले बढेको छ । टेलिकमको कुल आय २.७२ प्रतिशतले बढेर ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रूपैयाँ पुगेको हो ।
त्यस्तै गत आवको तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रूपैयाँ रहेकोमा चालु आवको सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा ७६ करोड ८२ लाख ५९ हजार रूपैयाँ ९अर्थात २.८ प्रतिशत० ले बढेको छ।
हाल कुल सञ्चालन आय बढेर २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रूपैयाँ छ ।
कोभिड (१९ महामारीमा ओटिटी बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङलगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी आएका कारण खुद मुनाफामा कमी देखिएको टेलिकमले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x