नेप्से ५६.०६ अंकले बढ्यो

काठमाडौं, २८ वैशाख । यस साताको चौंथो कारोबार दिन बुधबार शेयरबजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ अंकमा पुगेको छ ।
बुधबार २२९ कम्पनीको ५३ लाख ३३ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ९.५२ अंकले बढेर ४५६.६६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.१३ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार बढेको छ । यस दिन सबै भन्दा धेरै जिवन बीमाको कम्पनी समुहको २१७.१७ अंकले कारोबार बढेको छ । यो अघिल्लो दिनको तुलनामा १.८२ प्रतिशतले बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *