Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगायो

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगायो

काठमाडौं, ३१ वैशाख । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा गहुँको उत्पादन न्यून भएको तर माग बढी हुँदा मूल्यमा उछाल आइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा गहुँको माग अत्याधि भएर निर्यात धेरै हुँदा अन्ततः आफ्नै देशको खाद्य सुरक्षामा चुनौति थपिनसक्ने भन्दै भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको हो ।

गहुँको निर्यातमा रोक लगाएपनि कुनै देशले अनुरोध गरेमा भारत सरकारले अनुमति दिएको अवस्थामा निर्यात गर्न पाइने छ ।

भारत संसारकै दोस्रो ठूलो गहुँ उत्पादक देश हो। चीनपछि भारतले धेरै गहुँ उत्पादन गर्छ । भारत र चीनले गहुँको उत्पादन धेरै गर्दा पनि खपत आफै गर्छन् ।

गहुँको निर्यात धेरै गर्ने देश रसिया र पाँचौ ठूलो गहुँ निर्यातक देश युक्रेन अहिले युद्धमा छन् । संसारमै धेरै गहुँ निर्यात गर्ने दुई देशमा युद्ध हुँदा त्यसको असर अरु देशको खाद्य सुरक्षामा पर्ने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x