Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

गौतम अडानीलाई झट्का : धनाढ्यको सूचीमा ७ औं नम्बरमा झरे

गौतम अडानीलाई झट्का : धनाढ्यको सूचीमा ७ औं नम्बरमा झरे

काठमाडौं, ३१, वैशाख । विश्वका सर्वाधिक टप–१० धनीमध्ये लामो समय पाँचौं स्थानमा रहेका गौतम अडानीको सम्पत्तिमा लगातार गिरावट आइरहेको छ । जसले गर्दा उनी दुई स्थान उकालो चढेर सातौं नम्बरमा पुगेका छन् ।

साथै उनका दुई कम्पनीको मार्केट क्याप झरेर १ लाख करोड भारुभन्दा तल पुगेको छ ।

यस वर्ष राम्रो कमाइ गरी विश्वका धनीहरुलाई उछिनेका भारतीय उद्योगी अडानीलाई अहिले एकपछि अर्को झट्का लागिरहेको छ । कम्पनीको सेयरमा लागेको लगातारको लो–सर्किटले सम्पत्तिको भ्यालु कम गरिदिएको छ ।

नेटवर्थमा गिरावट

बिलिनिय इन्डेक्सका अनुसार अडानीको नेटवर्थमा पछिल्लो २४ घण्टामा मात्रै ६ अर्ब डलरले कमी आएको छ । साथै घटेर १०२ अर्ब डलर पुगेको छ ।

एक महिनामा घट्यो मार्केट क्याप

एक रिपोर्टका अनुसार हालसालै सेयर बजारमा बिक्री भएको अडानी समूहको एडिबल आयल कम्पनी अडानी भिल्मर र अडानी पावरको मार्केट क्याप १ लाख करोड भारुभन्दा तल झरेको छ । तथ्यांकअनुसार अडानी पावर बजारको पुँजीमा गिरावट आई ९३ हजार ५५० करोड भारु रह्यो । जबकि अडानी भिल्मरको बजारपुँजी ७५ हजार ६१५ करोड भारुसम्म झर्यो ।

अम्बानी ११ नम्बरमा

टप–१० को सूचीमा लामो समय अडानी र रिलायन्स इन्डस्ट्रिजका चेयरमेन मुकेश अम्बानीले कब्जा जमाएका थिए । तर, शुक्रबारको गिरावटले अम्बानी यो सूचीबाट बाहिरिएका छन् । उनको सम्पत्तिमा १.८७ अर्ब डलरले घटेको छ । गिरावटपछि अम्बानीको नेटवर्थ ८७.७ अर्ब डलर पुगेको छ ।

अन्य धनाढ्यहरुको कुरा गर्दा, एलन मस्कले २१५ अर्ब डलरको नेटवर्थसहित पहिलो स्थान जमाएका छन् । जेफ बेजोस १३१ अर्ब डलरसहित दोस्रो, बर्नार्ड अर्नाल्ट १२२ अर्ब डलरसहित तेस्रो स्थानमा छन् ।

यस्तै बिल गेट्स पनि लामो समय टप–१० को चौथो नम्बरमा छन् । उनको कुल नेटवर्थ ११७ अर्ब डलर छ । सेयरका बादशाह भनिने वारेन बफेट ११२ अर्ब डलरसहित पाचौं, लेरी पेज १०२ अर्ब डलरसहित छैटौं, सग्रेई बिन ९८.३ अर्ब डलर नेटवर्थसहित आठौं नम्बरमा छन् ।

यसबाहेक स्टिभ वाल्मर ९०.५ अर्ब डलरसहित नवौं र लेरि एलिसन ८८ अर्ब डलरसहित सूचीको दसौं नम्बरमा छन् ।

यता फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्तिमा ठूलो गिरावट आएको छ । जसले उनलाई तेह्रौं नम्बरमा धकेलिदिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x