Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनको मूल्य एक हजार ३ सयले घट्यो

सुनको मूल्य एक हजार ३ सयले घट्यो


काठमाडौं, १ जेष्ठ । यस महिना तथा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।


अघिल्लो महिनाको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा यस महिनाको पहिलो कारोबार दिन छापावाला सुनको प्रतितोला १ हजार ३ सयले घटेको छ भने यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।


बिहीबार छापावाला सुन प्रतितोला ९७ हजार ८ सय र चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज आइतबार मूल्य घटेर सुन प्रतितोला ९६ हजार ५ सय र चाँदीको प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x