Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

एयर इण्डियाले नियुक्त गर्यो नयाँ सीइओ, एक महिनापछि जिम्मेवारी सम्हाल्दै

एयर इण्डियाले नियुक्त गर्यो नयाँ सीइओ, एक महिनापछि जिम्मेवारी सम्हाल्दै


काठमाडौं, १ जेठ । दुई महिनापछि भारतको वायुसेवा कम्पनी एयर इण्डियाले नयाँ सीइओ नियुक्त गरेको छ । दुई महिना अगाडि यो पदामा नियुक्ति पाएका इल्कर ऐसीलाई कारणबस हटाउनुपर्ने भएपछि कम्पनीले हालै विल्सनलाई यो पदको जिम्मेवारी दिइएको हो ।
विल्सन सिंगापुर एयरलाइन्सको भगिनी कम्पनी स्कुट ठुलो कस्ट एयरलाइन्सु का सिइओ हुन । कम्पनीका अनुसार उनले यो जिम्मेवारी आउँदो जुन १५ तारिखदेखि सम्हाल्नेछन ।


५० वर्षिय विल्सनमा फुल सर्भिस र लो कस्ट एयरलाइन्समा साढे दुई दशक काम गरको अनुभव रहेको छ । उनलाई कम्पनीले प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक पदको जिम्मेवारी दिएको बताइएको छ ।


सिंगापुर एयरलाइन्सले टाटा समुह अन्तर्गत संचालित भिस्तारा एयरको जोइन्ट भेन्चर रुपमा काम गर्दै आएको छ । हाल कम्पनीमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन, हिन्दुस्तान युनिलिभरका सिइओ सञ्जीव मेहेता र जेनरल इन्स्योरेन्स कर्पोरेशनका पुर्व अध्यक्ष एलिस वैद्यन रहेका छन ।
ुउनलाई कम्पनीको सिइओ पदमा नियुक्त गर्न पाउँदा हामी खुसी रहेको बताइएको छ । उनी विश्व उड्डयन क्षेत्रको विज्ञ हुन । उनको क्षमतामार्फत एयर इण्डियालाई एसियासँगै वल्र्ड क्लास एयरलाइन्स कम्पनीको रुपमा चिनाउने टाटा सन्सका अध्यक्ष चन्द्रशेखरनले बताएका छन ।


यसअघि गत महिना कम्पनीले वरिष्ठ उपाध्यक्ष निपुण अग्रवाललाई चिफ कमर्सियल अफिसर र सुरेश दत्त त्रिपाठीलाई चिफ ह्युमन रिसोर्सेस अफिसरमा नियुक्त गरिसकेको छ ।
सन् १९९६ बाट सिंगापुर एयरलाइन्स समुहमा रहेर काम गरेका विल्सनले सुरुमा न्यूजिल्याण्डमा म्यानेजमेन्ट ट्रेनीको रुपमा काम गरेका थिए। यस पछि उनले क्यानडा, हङकङ र जापानमा काम गरेका थिए।
सन् २०११ देखि सन् २०१६ सम्म उनले स्कुट एयरलाइन्समा सीइओ भएर काम गरेका थिए।
सिंगापुर एयरलाइन्समा वरिष्ठ उपाध्यक्ष, सेल्स मार्केटिङसँगै प्राइसिङ, डिस्ट्रिब्युसन, इ(कमर्समा काम गर्दै आएका उनी सन् २०२० मा पुन स्कुटको सिइओ भएका थिए।
विल्सन सिंगापुर एयरलाइन्सको अनुभवी वरिष्ठ कार्यकारी रहेको कम्पनीका सीइओ गो चुन फोङले बताएका छन्। एसआइए समुहकै क्षमता विस्तार सँगै व्यवस्थापनमा विल्सनको योगदान अतुलनिय रहेको उनले बताएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x