Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विश्वव्यापी खाद्य चुनौतीको सम्बोधन गर्न अमेरिका र इयूले संयुक्त रूपमा संयन्त्र बनाउने

विश्वव्यापी खाद्य चुनौतीको सम्बोधन गर्न अमेरिका र इयूले संयुक्त रूपमा संयन्त्र बनाउने

काठमाडौं, २ जेठ । युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न संयुक्त राज्य अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् (टीटीसी)मा नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले पत्रकारलाई जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिका, युरोपेली आयोग, र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवद्र्धन गर्न गत गृष्ममा स्थापित युएस–इयु टिटिसीले पेरिस, फ्रान्स नजिकैको सेगवे टेक्नोलोजी हबमा आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्दै छन् । ‘हामी युएस–इयु टिटिसीेले युक्रेनमा ?सी आक्रमणका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य सुरक्षा चुनौतीहरूको प्रतिक्रिया विकास गर्ने उद्देश्यले नीतिगत संवाद स्थापना गर्दै छौं,’ अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले भनेका छन् । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x