एनआईसी एशिया बैंकलाई गभर्नर्स कप अन्तरबैंक फुटसल २०७५ को उपाधि

काठमाडौं, २४ वैशाख । नेपाल राष्ट्र बैंकको ६३औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरीएको गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एशिया बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको छ ।

यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये एनआईसी एशिया बैंकले उत्कृष्ट प्रर्दशन गर्दै प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो । एनआईसी एशिया बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *