Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सार्वजनिक यातायातमा भाडा बढ्यो

सार्वजनिक यातायातमा भाडा बढ्यो

काठमाडौं, ४ जेठ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा पुनः भाडादर वृद्धि गरेको छ । यात्रुवाहक सवारीसाधनमा तीन दशमलव पाँच प्रतिशत भाडा बढाइएको हो ।

गत चैतमा भाडादर निर्धारण गर्दाभन्दा अहिले डिजेल प्रतिलिटर १५ रुपैयाँ वृद्धि भएपछि त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा चार दशमलव छ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा पाँच दशमलव एक प्रतिशत भाडा बढाइएको हो ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत चैत १७ मा भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य १३८ रुपैयाँ रहेकामा हाल १५३ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x