Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

प्रतिनिधिसभामा आजदेखि प्रि–बजेट छलफल शुरू हुँदै

प्रतिनिधिसभामा आजदेखि प्रि–बजेट छलफल शुरू हुँदै

काठमाडौं, ४ जेठ । आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीस्वरुप आज (बुधवार) र भोलि (बिहीवार)प्रतिनिधिसभामा प्रि–बजेट छलफल हुँदै छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुने जानकारी सदनलाई गराएका थिए ।

प्रि–बजेट छलफलका लागि आज दिउँसो १ बजेलाई प्रतिनिधिसभाको बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्ययोजना बनेको छ । पत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सकाउनुपर्ने नियम छ ।

१५ दिने प्रावधानका सन्दर्भमा पनि नियम निलम्बन गरिएको छ । नीति तथा कार्यक्रमाथि जेठ ८ देखि ११ सम्म छलफल गर्ने र अर्थमन्त्रीले जेठ १२ वा १३ गते आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी संसद सचिवालयको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x