गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रावा बैंकका पाँच काउन्टर सञ्चालन

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार समुद्घाटन गरेसँगै सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । बैंकले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण बैंकिङ कारोबार गर्न सेवा विस्तार गरेको छ । यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रवाह गर्न बैंकले सोमबारबाट पाँच नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।
बैंकले विमानस्थलभित्र डिपार्चर काउन्टर, बोर्डिङ वेटिङ काउन्टर, एराइभल काउन्टर, कस्टम र कार्गो काउन्टर सञ्चालनमा ल्याइएको छ । काउन्टरबाट विदेशी मुद्राको सटही, भिसा शुल्क भुक्तानी, भन्सार शुल्क भुक्तानी, भ्याट रिफन्ड, एटीएम, पीओएस सेवा तथा अन्य बैंकिङ करोबार गर्न सकिनेछ ।