Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्धा हेर्न नमिल्ने

नबिल र नेपाल बंगलादेश बैंकको मर्जर रोक्न परेको मुद्धा हेर्न नमिल्ने

काठमाडौं, ४ जेठ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिट हेर्न नमिल्नेमा परेको छ । बुधबार टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो ।


सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो । मंगलबारका लागि संयुक्त इजलाश डाकिएकोमा बहस गर्ने वकिल उपस्थित हुन नसक्दा बुधबारको लागि सुनुवाई तोकिएको थियो ।


नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।
अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन संयुक्त इजलास बोलाइएको थियो । संयुक्त इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ ।
दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x